global ime bank Long Banner Ad

गृहपृष्ठ पोखरामा यामाहा ‘राइड एन्ड रिट्रिट’

पोखरामा यामाहा ‘राइड एन्ड रिट्रिट’

पोखरामा यामाहा ‘राइड एन्ड रिट्रिट’

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहाका स्कुटर चालकहरुलाई ‘राइड एन्ड रिट्रिट’को आयोजना गरेको छ । गण्डकी अञ्चलका २५ जना यामाहा स्कुटर चालकलाई पोखराको यामाहा डिलर विश्वकर्मा अटोवक्र्सबाट पोखरा बजार हुँदै अतिथि रिसोर्ट लगिएको थियो ।

पाँच समूहमा विभाजन गरिएका २५ जना स्कुटरचालकलाई ‘पिलो फाइटिङ’, ‘टग अफ वार’, ‘पिकिङ द फ्ल्याग’, जस्ता खेल खेलाइएको आयोजकले जनाएको छ । विश्वकर्मा अटोवक्र्सका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले डिलर र राइडरहरुबीचको सम्बन्ध नजिक र गाढा बनाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा सहभागीले यामाहाको यो सुरुवात प्रशंसायोग्य भएको र यसले निरन्तरता पाउने अपेक्षा गरेको बताएका छन् । यामाहाले यसअघि काठमाडौं र नारायणघाटमा ‘राइड एन्ड रिट्रिट’को आयोजना गरिसकेको छ ।

एमएडब्लुले विगत ६ वर्षदेखि नेपालमा स्कुटर भित्र्याउँदै आएको छ । यो अवधिमा यामाहाका स्कुटर नेपाली ग्राहकमाझ लोकप्रिय बनिसकेको छ । नेपालमा अहिले यामाहाको फेसिनो, रेजी, रे जेडआर र अल्फा गरी चार मोडेलका स्कुटर उपलब्ध छन् । यी स्कुटरहरु विभिन्न उमेर र फरक पेसामा आबद्ध महिलापुरुषलाई सुहाउने गरी तयार पारिएका हुन् । यामाहा स्कुटरमा प्याटेन्डेट ब्लुकोर टेक्नोलोजीजडित इन्जिन छ जसले स्कुटरको पर्फमेन्स र माइलेजलाई पनि बढाउने कम्पनीले जनाएको छ ।

प्रकाशित समय : ००:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु