गृहपृष्ठ साउदी अरबले बदल्न सक्छ इतिहास ?
साउदी अरबले बदल्न सक्छ इतिहास ?
रुसको मस्कोस्थित लुझनिकी रंगशालामा रुस र साउदी अरबबीचका ८ः४५ बजे उद्घाटन खेल हुनुभन्दा पहिले ६ः४५ बाट भव्य उद्घाटन सत्र सुरु हुँदैछ । विश्वकप फुटबलको उद्घाटन सत्रको महत्वपूर्ण पक्ष उद्घाटन खेल पनि हो ।
तर, भव्य हुने विश्वकपको उद्घाटन सत्रमा फुटबलका विश्वप्रसिद्द हस्ती पेले भने सहभागी नहुने भएका छन् । स्वास्थ्यका कारण उद्घाटनमा सहभागी हुन नपाएपनि पेले रुस भने पुगीसकेका छन् । उद्घाटनमा ५०० कलाकारले प्रस्तुती दिनेछन् ।
मस्कोको ८० हजार दर्शक क्षमताको रंगशालामा हुने उद्घाटन खेल विश्वभरबाट ३ सय ५० करोड मानिसहरुले हेर्ने अनुमान गरिएको छ । उद्घाटन खेलमा आयोजक राष्ट्र रुसको सामना गर्न मैदान उत्रन लागेको साउदी अरब समक्ष इतिहास सुखद छैन । किनकी विश्वकपका सबै उद्घाटन खेलमा आयोजक राष्ट्र विजयी हुँदै आएका छन् ।
प्रकाशित समय : ००:३७ बजे


















