global ime bank Long Banner Ad

गृहपृष्ठ आमालाई खुवाइएको भियाग्राले बच्चाको मृत्यु

आमालाई खुवाइएको भियाग्राले बच्चाको मृत्यु

आमालाई खुवाइएको भियाग्राले बच्चाको मृत्यु

नेदरल्याड्समा गर्भवती महिलाहरुमा भियाग्राको चिकित्सकीय परीक्षणलाई ११ नवजात शिशुको मृत्यपछि तुरुन्तै रोक लगाइएको छ ।

शोधमा भाग लिएका महिलाहरुलाई यौनबर्धक दबाइ भियाग्रा दिइएको थियो । गर्भस्थ शिशुको गर्भनाल कमजोर भएका महिलाहरुमा यो सोध गरिएको थियो ।

शरीरमा रक्त प्रवाह बढाउनका लागि दिइने भियाग्राबाट बच्चाको ’लङ्स’मा गम्भीर असर पुर्याएको बताइएको छ । चिकित्सकहरुका अनुसार वास्तवमा के भएको हो, यो बुझ्नका लागि विस्तृत अनुसन्धानको जरुरी छ ।

यसअघि बेलायत, अस्ट्रेलिया र न्युजिल्याण्डमा गरिएको यस्तैखालको शोधमा कुनै तरिकाबाट नोक्सान भएको थिएन । तर, कुनै फाइदा पनि देखिएन । कमजोर गर्भनालका कारण नजन्मिएका बच्चाको विकास रोकिनु एक गम्भीर समस्या हो जसको अहिलेसम्म उपचार पद्धति विकास हुन सकेको छैन । यसका कारण बच्चा समयभन्दा पहिले नै जन्मिन्छ । कमजोर भएका कारण उसको बाँच्ने सम्भावना पनि कम हुन्छ ।

प्रकाशित समय : १३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु