काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

अमेरिकामा पत्रिकाको कार्यालयमा आक्रमण, पाँच जनाकाे मृत्यु

9.7K
shares

 

अमेरिकाको मेरिल्याण्ड प्रान्तस्थित एक स्थानीय पत्रिकाको कार्यालयमा आक्रमण भएको छ । आक्रमणमा परी कम्तिमा पनि पाँच जनाको मृत्यु भएको एवं थप केही व्यक्ति घाइते भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

गोलि चलाएको आशंकामा एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुका अनुसार मेरिल्याण्डको करिब ४० वर्षको उक्त व्यक्तिलाई आक्रमणकारी हुन सक्ने आशंकामा नियन्त्रणमा लिइएको हो ।

क्यापिटल ग्याजेट नामक उक्त पत्रिकामा आक्रमण हुँदा थप केही व्यक्तिहरु रहेको बताइएको छ । सोही पत्रिकाका एक संवाददाताका अनुसार बन्दुकधारीले सिसाको ढोकालाई निसाना बनाएका थिए । प्रहरीले भने पक्रउ परेका व्यक्तिमाथि सोधपुछ भइरहेको बताएको छ ।

आक्रमणपश्चात १ सय ७० जनालाई सुरक्षित रुपमा बाहिर निकालिएको छ । क्यापिटल ग्याजेट त्यहाँको दैनिक पत्रिका हो र यसको डिजिटल वेबसाइटसमेत रहेको छ । यसको सम्बन्ध बाल्टीमोर सन मिडियासँग रहेको बिबिसीले जनाएको छ ।