काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राहत रकम फ्रिज भएपछि बाढीपीडितले गरे सडक अवरुद्ध

16.88K
shares

मोरङको कटहरी गाउँपालिकाका बाढीपीडितले राहत रकम समयमै वितरण नगरिएको विरोधमा सडक अवरुद्ध गरेका छन् । गाउँपालिकाले राहत रकम समयमै वितरण नगरेका कारण फिर्ता भएको भन्दै पीडितले सडकमा बाँस तेस्र्याएर यातायात बन्द गरेका हुन् ।

गत वर्ष आएको बाढीले घरबारविहीन भएकाहरुको नाममा आएको रकम गाउँपालिकाले समयमै नबाँडेपछि फ्रिज भएर फर्किएको छ । राहतको रकम फिर्ता भएपछि बिहीबार दिउँसो पीडितहरुले सडक अवरुद्ध पारेका हुन् । कटहरी गाउँपालिकाका बाढीपीडितका लागि सरकारले ३ करोड ८९ लाख २५ हजार रुपैयाँ पठाएको थियो ।

गृह मन्त्रालयबाट आएको रकम असार ३२ गतेसम्म गाउँपालिकाले वितरण नगरेपछि रकम फ्रिज भएको हो । रकम फिर्ता भएपछि स्थानीयले केही दिनदेखि लगातार विरोधका कार्यक्रम गर्दै आएका छन् ।