global ime bank Long Banner Ad

गृहपृष्ठ वार्ता टोलीबीच भएको सात बुँदे सहमतिका दुर्इ बुँदामा डा. केसी असहमत

वार्ता टोलीबीच भएको सात बुँदे सहमतिका दुर्इ बुँदामा डा. केसी असहमत

वार्ता टोलीबीच भएको सात बुँदे सहमतिका दुर्इ बुँदामा डा. केसी असहमत

 

डा. केसी पक्ष र सरकारी वार्ता टोलीबीच भएको सात बुँदे सहमतिको पाँच बुँदामा मात्र अनसनरत डा. गोविन्द केसीले सहमति जनाएका छन् । बाँकी दुर्इ बुँदामा केसीले असहमति जनाएपछि सात बुँदे ड्राफ्ट बोकेर थप छलफलका लागि दुवै पक्ष प्रधानमन्त्री निवास बालुवाटारतिर लागेका छन् ।

सहमतिपत्रमा काठमाडाैंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नहुने विषय उल्लेख गर्न डा. केसीले माग गरेका छन् ।

सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा केसी पक्ष र सरकारी वार्ता टोलीबीच सात बुँदे सहमति भएको थियो । चिकित्सा शिक्षामा सुधारको मागसहित २७ दिनेदेखि आमरण अनसनमा बसेका डा. केसीको स्वास्थ्य गम्भीर बन्दै गएपछि तीन दिनदेखि गहन छलफलमा जुटेका केसी पक्ष र सरकारी टोलीबीच सो सहमति बनेको हो ।

सहमतिपत्रको ड्राफ्टसहित नेकपा नेता सुवास नेम्बाङसहितको वार्ता टोली अनसनस्थल त्रिवि शिक्षण अस्पताल पुगेको थियो । तर, डा. केसीले दुर्इ बुँदामा असहमति जनाएपछि दुवै पक्ष थप छलफलका लागि बालुवाटारतर्फ लागेका हुन् ।

प्रकाशित समय : २३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु