global ime bank Long Banner Ad

गृहपृष्ठ गुरुकुलतर्फको १२ कक्षामा वेद वेदाङ्ग संस्कृत विद्यापीठम्का चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फको १२ कक्षामा वेद वेदाङ्ग संस्कृत विद्यापीठम्का चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फको १२ कक्षामा वेद वेदाङ्ग संस्कृत विद्यापीठम्का चालिसे सर्वोत्कृष्ट

देवघाटधाम । शुक्रबार सार्वजनिक भएको कक्षा १२ को नतिजामा गुरुकुलतर्फ देवघाटधामस्थित वेद वेदाङ्ग संस्कृत विद्यापीठम्का सुधीर चालिसे सर्वोत्कृष्ट भएका छन् ।

उनी ३.९२ जिपिएसहित देशभरका गुरुकुलमध्येबाट सर्वोत्कृष्ट भएको विद्यापीठले जानकारी दिएको छ । उक्त विद्यापीठका १८ विद्यार्थीले ए प्लस र १५ जनाले ए ग्रेड सहित कक्षा १२ को परीक्षा उत्तिर्ण गरेका छन् ।

यो विद्यापीठ अष्टाङ्गयोगसिद्ध योगी ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा)ले वेद वेदाङ्गको रक्षाका लागि २०२३ सालमा स्थापना गर्नुभएको संस्कृत विद्यालय हो ।

यो देवघाट क्षेत्रको सबैभन्दा पुरानो संस्कृत विद्यापीठ पनि हो । हाल उक्त विद्यापीठ गलेश्वर आश्रमले सञ्चालन गरिरहेको छ । यो विद्यापीठमा गुरुकुलीय पद्धतिबाट वेद, व्याकरण र संस्कृत बाङ्मय लगायतको पठनपाठन हुन्छ । यो विद्यालयमा हाल ३०० विद्यार्थी अध्ययनरत छन् ।

 

प्रकाशित समय : १२:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु