गृहपृष्ठ इन्टरनेटको मूल्य नबढ्ने
इन्टरनेटको मूल्य नबढ्ने
इन्टरनेटको मूल्य नबढ्ने भएको छ । सरकारले इन्टरनेटमा करवृद्धि गरेसँगै इन्टरनेटको मूल्य पनि बढ्न सक्ने समाचार आइरहेका थिए । इन्टरनेतको मूल्य बढाउन लागेको भन्दै सरकारको व्यापक आलोचना भएको थियो ।
तर सरकारले इन्टरनेट सेवाको मूल्य वृद्धि नहुने गरी समायोजन गर्ने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहिबार एक विज्ञप्ति मार्फत इन्टरनेटको मूल्य नबढ्ने गरी सेवा शुल्क समायोजन गर्न सेवा प्रदायकसँग सहमति भएको जनाएको छ ।
हेर्नुहोस् विज्ञप्ति :

प्रकाशित समय : ००:२७ बजे


















