global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेसले उठायो प्रधानमन्त्रीको नियतमा प्रश्न : दोहोरो भूमिकाले न्यायालयमा समस्या

कांग्रेसले उठायो प्रधानमन्त्रीको नियतमा प्रश्न : दोहोरो भूमिकाले न्यायालयमा समस्या

कांग्रेसले उठायो प्रधानमन्त्रीको नियतमा प्रश्न :  दोहोरो भूमिकाले न्यायालयमा समस्या

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससले प्रधानमन्त्रीले नियतवस दोहोरो भूमिका खेल्दा न्यायालयमा समस्यदा देखिएको बताएको छ । मंलबार बसेको केन्द्रीय समिति बैठकमा कांग्रेसले प्रधानमन्त्रीले नियतवस दोहोरो भूमिका निर्वाह गरेको अारोप लगाएको हो ।

‘कांग्रेसको केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको दोहोराे भूमिका कारण न्यायालयमा समस्या देखिएको ठहर गरेको छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘संवैधानिक परिषदमा प्रधानमन्त्रीले नै सर्वसम्मत सिफारिस गरौ भनेर परस्ताव गरेर दिपकराजजोशीको नाम सिफारिस गर्नु र आफ्नै सांसदलाई विपक्षमा उभिन निर्देशन दिनु नियतवस गरिएको दोहोरो चरित्र हो ।’ उनले प्रधानमन्त्रीले सामान्य नैतिकताको समेत ख्याल नगरेको देख्दा उहाँको नियतमा प्रश्न उठेको बताए ।

‘प्रधानमन्त्रीले उत्कृष्ट ठहराएको व्यक्ति उहाँकै पार्टीका सांसदले अयोग्य भनेर अस्वीकृत गर्ने कुरा कतिको स्वभाविक हुन्छ,’ प्रवक्ता शर्माले भने, ‘त्यसमा पनि प्रधानमन्त्रीले अहिलेसम्म नैतिक जिम्मेवारी लिनुभएको छैन ।’ शर्माले समितिले उठाएका प्रश्न र दीपकराज जोशी दुबै ठीक हुन नसक्ने भन्दै त्यसको परीक्षण जरुरी भएको बताए ।

‘एउटा सामान्य कर्मचारीले नक्कली सर्टिफिकेट देखाएर जागिर खाएको भए कारबाहीको भागिदार हुनुपर्छ,’ शर्माले भने, ‘न्यायालयमा नेतृत्व दाबी गर्ने व्यक्तिलाई शैक्षिक प्रमाणपत्र सन्देहात्मक भनेर छुट दिन पाइँदैन । कि त उनी कारबाहीमा पर्नुपर्यो कि त समितिको निर्णय गलत हुनुपर्यो ।’ शर्माले प्रधानमन्त्रीले त्यसको निर्क्यौलका लागि जिम्मेवार भएर काम नगरे प्रधानमन्त्रीको नियतमा गम्भीर प्रश्न उठ्ने बताए ।

‘नेपाली कांग्रेसले संवैधानिक सर्वोच्चता र न्यायपालिकाको स्वतन्त्रताका लागि बलियोसँग उभिने निर्णय गरेको छ । संवैधानिक सर्वोच्चता र न्यायपालिकको स्वतन्त्रताका लागि जस्तो भूमिका आवश्यक पर्छ, त्यही भूमिकामा हामी रहन्छौं,’ शर्माले न्युज कारोबारसँग भने ।

प्रकाशित समय : १४:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु