गृहपृष्ठ रेनोको क्याप्चर बिक्रीसँगै बुटवलमा नयाँ सो–रुम
रेनोको क्याप्चर बिक्रीसँगै बुटवलमा नयाँ सो–रुम
जुपिटर ह्विल्स प्रालिले रेनो कारको एसयूभीसी क्याप्चर बुटवलमा बिक्री सुरु गरेको छ । बिहीबार एक कार्यक्रम गरी कम्पनीको नयाँ ब्रान्डेड कार क्याप्चरको बिक्री बुकिङसँगै कालिनगरमा नयाँ सोरुम पनि सञ्चालनमा ल्याइएको हो । विश्वव्यापी मान्यताअनुसारको सोरुम बुटवलमा स्थापना गरिएको जुपिटर ह्विल्सका प्रबन्ध निर्देशक दिपक श्रेष्ठले जानकारी दिए ।

रेनो कारको नेपालका लागि आधिकारिक विक्रेता एड्भान्स अटोमोबाइल कम्पनीका महाप्रबन्धक अधिरकुमार श्रेष्ठका अनुसार विशाल गु्रपअन्तर्गतको रेनो कार बुटबलमा बिक्री सुरु गरिएको हो । नेपाली बजारमा गेम चेन्जरको रुपमा लिइएको नयाँ कारमा एलईडी हेडलाइट्स, टेललाइट, डिएलआर लाइट छन् ।
कारमा फुल्ली अटोमेटिक टेम्प्रेचर मेन्टेन गर्ने रियल कुलिङ भेन्ट, स्टेयरिङ ह्विल कन्ट्रोल, कि लेस इन्ट्री, पुस बटम र अटो क्लाइमेट जस्ता विशेषता छन् । त्यस्तै, रेनो क्याप्चरमा दुईवटा इन्जिन छन् । १.५ लिटर द लिजेन्ड्री के ९ के डिजेल इन्जिनले ११० पिएस वारमा २४० एनएम टर्क प्रदान गर्छ । भने एच ४ के १.५ लिटर पेट्रोल इन्जनले १०५ बिएचपि बराबरको पावर र १४२ एनएम टर्क उत्पादन गर्छ ।
क्याप्चर एयरब्याग ग्राउन्ड बेस १५ सय सिसिको कार हो । यसको बजार मूल्य ४८ देखि ५५ लाखसम्म छ । अगस्ट २०१६ मा नेपाली बजारमा भित्रिएको हो ।
प्रकाशित समय : १९:३९ बजे


















