गृहपृष्ठ कांग्रेसको अवरोधपछि स्थगित भएको संसद बैठक पुनः सुरू

कांग्रेसको अवरोधपछि स्थगित भएको संसद बैठक पुनः सुरू

कांग्रेसको अवरोधपछि स्थगित भएको संसद बैठक पुनः सुरू

 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले डाक्टर केसीसँग भएका सहमतिबारे सदनलाई स्पष्ट जानकारी नगराएको भन्दै अवरोध गरेपछि १० मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः सुरू भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पाेखरेलले डा. केसीसँगको सहमतिबारे सदनलाई स्पष्ट जानकारी नदिएको भन्दै कांग्रेसले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक १० मिनेटका लागि स्थगित गरिएको थियो ।

शुक्रबारको बैठकमा मन्त्री पोखरेलको जवाफमा चित्त नबुझेर प्रश्न गरेका सांसदहरुको उत्तर दिन दोस्रोपटक रोष्टम पुगेका मन्त्री पोखरेलले ९ बुँदे सहमति भएको बताए पनि सहमति अक्षरशः जानकारी नगरार्इ सम्झौतापत्र सभामुखलाई बुझाएपछि कांग्रेस असन्तुष्ट बनेको छ ।

प्रकाशित समय : १९:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु