गृहपृष्ठ अपडेट : त्रिशूलीमा खसेको बसलाई ट्रकले ठक्कर दिएको थियो
अपडेट : त्रिशूलीमा खसेको बसलाई ट्रकले ठक्कर दिएको थियो
शुक्रबार दिउँसो त्रिशुलीमा खसेको बसलाई ट्रकले ठक्कर दिएको बुझिएको छ । काठमाौंबाट पोखराका लागि छुटेको ना ६ ख २५०६ नम्बरको बसलाई ना ५ ख ७४०९ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
यात्रुबाहक बसलाई ट्रकले ठक्कर दिएपछि करिब १०० मिटर तल त्रिशुली नदिको किनारमा खसेको थियो । दुर्घटनाका घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको चितवनका प्रहरी उपरिक्षक (एसपी) सुशील सिंह राठोरले जानकारी दिए ।
चितवनको इच्छाकामना गाउँपालिकाको चुम्लिङटारमा उक्त दुर्घटना भएको थियो । उपरिक्षक राठोरले दिएको जानकारी अनुसार घाइतेको उद्धारमा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल नेपाल, ट्राफिक प्रहरी तथा स्थानीय जुटेका छन् । घटनाबारे थप विवरण आउँन बाँकी छ ।
प्रकाशित समय : १९:३१ बजे


















