काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्याब्सन र हिसान एकअर्काका प्रतिस्पर्धी होइनौँ, परिपूरक हौं :अध्यक्ष अधिकारी

1.43K
shares

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीले निजी शैक्षिक संस्थाहरूलाई राज्यले केवल नियमन गर्नुपर्ने क्षेत्रका रूपमा नभई राष्ट्रिय शैक्षिक विकासको जिम्मेवार साझेदारका रूपमा हेर्नुपर्ने बताएका छन्।

शुक्रबार उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) को ३० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले नेपालको समग्र शैक्षिक विकासका लागि सरकार र निजी शैक्षिक संस्थाबीच सहकार्य आवश्यक रहेको बताएका हुन्।

उनले प्याब्सन र हिसानको कार्यक्षेत्र फरक भए पनि दुवै संस्थाको उद्देश्य गुणस्तरीय शिक्षा, सक्षम नागरिक उत्पादन र समृद्ध नेपाल निर्माण गर्नु रहेको बताए। विद्यालय तहमा प्याब्सनले विद्यार्थीको शैक्षिक जग निर्माण गर्ने र हिसानले त्यही जगमा उच्च शिक्षाको भविष्य निर्माण गर्ने भएकाले दुवै संस्था प्रतिस्पर्धी नभई परिपूरक रहेको उनको भनाइ छ।

उनले भने,‘प्याब्सन र हिसानको कार्यक्षेत्र फरक हुन सक्छ तर हाम्रो गन्तव्य एउटै हो। त्यो हो गुणस्तरीय शिक्षा, सक्षम नागरिक र समृद्ध नेपाल। प्याब्सनले बालबालिकाको शैक्षिक जग निर्माण गर्छ भने हिसानले त्यही जगमा उभिएका विद्यार्थीहरूको भविष्यलाई थप आकार दिने काम गर्छ। यसैले हामी एकअर्काका प्रतिस्पर्धी होइनौँ, परिपूरक हौँ।’

अध्यक्ष अधिकारीले कक्षा १२ उत्तीर्ण गरेपछि ठूलो सङ्ख्यामा विद्यार्थी विदेशिनु नेपालको शिक्षा क्षेत्रका लागि गम्भीर चिन्ताको विषय भएको बताए। विद्यार्थीले नेपालमै गुणस्तरीय उच्च शिक्षा, अनुसन्धान, उद्यमशीलता र रोजगारीको सम्भावना देख्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

विदेश जानु गलत नभए पनि नेपालमा भविष्य छैन भन्ने मनोविज्ञानका कारण विद्यार्थी विदेशिनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ छ।

उनले भने, ‘हाम्रो शिक्षा विदेश जाने राहदानी प्राप्त गर्ने माध्यम होइन, स्वदेशमा भविष्य निर्माण गर्ने आधार बन्नुपर्छ। विद्यार्थीले नेपालमै आफ्नो भविष्य देख्न सक्ने वातावरण निर्माण गर्नु आजको आवश्यकता हो।’

उनले अबको शिक्षाले विद्यार्थीलाई परीक्षामा उत्कृष्ट अङ्क ल्याउन मात्र नभई जीवनका चुनौती सामना गर्न सक्षम बनाउनुपर्ने बताए। प्रमाणपत्रसँगै सीप, ज्ञानसँगै विवेक, प्रविधिसँगै नैतिकता र प्रतिस्पर्धासँगै मानवीय संवेदनशीलता विकास गर्नुपर्ने उनको धारणा छ।

कृत्रिम बुद्धिमत्ता, विज्ञान, प्रविधि, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतालाई शिक्षाको अभिन्न अङ्ग बनाउनुपर्ने उल्लेख गर्दै उनले शिक्षक तथा कर्मचारीको पेसागत सम्मान, क्षमता विकास, उचित पारिश्रमिक र सुरक्षित वातावरण सुनिश्चित गर्नुपर्ने बताए।

अधिकारीले विद्यालय तथा कलेज सञ्चालकहरू विद्यार्थीको सङ्ख्या र भौतिक संरचनामा मात्र केन्द्रित नभई नैतिक, सक्षम, आत्मनिर्भर र राष्ट्रप्रति जिम्मेवार नागरिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताए।

निजी शैक्षिक क्षेत्रले गुणस्तर, पारदर्शिता, जवाफदेहिता र सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने बताउँदै उनले सरकारसँग स्पष्ट शैक्षिक नीति, स्थिर कानुन, सम्मानजनक व्यवहार र नीति निर्माणमा अर्थपूर्ण सहभागिताको अपेक्षा रहेको बताए।