काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भोजपुरको दुर्गम आमचोकको गैरीगाउँमा बल्यो विजुली

1.43K
shares

ai logo सारांश

  • पहाडी जिल्ला भोजपुरका ग्रामीण बस्तीहरुमा पनि विद्युतीकरणमा तीव्रता दिन थालिएको छ ।
  • नेपाल विद्युत प्राधिकरणले ग्रामीण बस्तीहरुमा पनि विद्युतीकरण गरि रहेको छ ।
  • भोजपुरका नौ वटा स्थानीय तहमध्ये आमचोक र साल्पासिलिछो क्षेत्रमा पूर्ण विद्युतीकरण हुन बाँकी छ ।

भोजपुर । पहाडी जिल्ला भोजपुरका ग्रामीण बस्तीहरुमा पनि विद्युतीकरणमा तीव्रता दिन थालिएको छ । नेपाल विद्युत प्राधिकरणले ग्रामीण बस्तीहरुमा पनि विद्युतीकरण गरि रहेको छ ।

प्राधिकरणले विद्युतीकरण पुग्न सकेको जिल्लाको दक्षिण आमचोक गाउँपालिका वडा नम्वर ८, गैरीगाउँमा विद्युतको पहुँच पुर्याएको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भोजपुर अन्तर्गत ११ केभी प्रशारण लाइनबाट २५ घर परिवारमा विद्युत लाइन बल्न सुरु भएको प्राबिधिक कर्मचारी काजीमान राईले जानकारी दिए ।

उनले प्राधिकरणबाट लगेका २५ मिटर स्थानीयको घरमा जडान भई सकेको बताए । त्यहाँ नयाँ ट्रान्सफरमर जडान गरी विद्युत सेवा सुचारु गरिएको हो ।

विद्युतको पहुँच पुगेसँगै स्थानीयले खुशी महशुस गरेका छन् । ‘गाउँमा अहिले बिजुली पुगेपछि झिलिमिली भएको छ, बर्षौदेखि बिजुली घरमा बाल्ने चाहना अहिले आएर पुरा भएकोमा स्थानीयहरुलाई खुशी लागेको छ,’ स्थानीय भद्र कुमारी सार्कीले भनिन् ।

नेपाल विद्युत प्राधिकरण भोजपुर वितरणले ग्रामीण क्षेत्रहरुमा पूर्ण विद्युतीकरणका लागि टेण्डर प्रक्रिया मार्फत कामहरु हुने गरेको जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख निरज कुमार साहले विद्युतीकरण हुन बाँकी रहेका पालिकाका नागरिकहरुलाई पनि बिजुली पुर्याउन प्राधिकरणले काम गरिरहेको बताए ।

भोजपुरका नौ वटा स्थानीय तहमध्ये आमचोक र साल्पासिलिछो क्षेत्रमा पूर्ण विद्युतीकरण हुन बाँकी छ । भोजपुरमा हाल ३३ तथा ११ केभी राष्ट्रिय प्रशारण लाइनबाट ३२ हजार बढी घरधुरीले विद्युत सेवा उपयोग गरिरहेका छन् ।