गृहपृष्ठ विश्व बैंकलाई अर्थमन्त्रीले भने– नेपालमा लगानी बढाउनुस्, परेको सरकारले बेहोर्छ
विश्व बैंकलाई अर्थमन्त्रीले भने– नेपालमा लगानी बढाउनुस्, परेको सरकारले बेहोर्छ
अर्थमन्त्री डा. युवराज खतिवडाले संघीयता कार्यान्वयन र पूर्वाधार विकासका लागि नेपालमा लगानी बढाउन विश्व बंैकलाई आग्रह गरेका छन् । न्यूयोर्कस्थित विश्व बैंकको मुख्यालयमा आयोजित कार्यक्रममा उनले भने, ‘नेपालको संघीयता कार्यान्वयन र पूर्वाधार विकासमा लगानी बढाउन विश्व बैंकलाई म आग्रह गर्न चाहन्छु ।’
नेपालमा विकास र समृद्धिका लागि उत्साहपूर्ण वातावरण रहेको उल्लेख गर्दै अर्थमन्त्री डा. खतिवडाले विकास साझेदार संस्थाहरुबीच सहकार्य गरेर अघि बढन उपयुक्त हुने धारणा राखे । नेपालको समग्र आर्थिक सूचकांक अहिलेसम्मकै सबैभन्दा अनुकूल छ,’ अर्थमन्त्री खतिवडाले भने, ‘नेपालमा गरिएको लगानीबाट उच्च प्रतिफल आउँछ, लगानी बढाउनुस, परेको सरकारले बेहोर्छ ।’ कार्यक्रममा विश्व बैंकका पदाधिकारीहरुले नेपालको आर्थिक विकासका भावी रणनीति कार्यान्वयनका लागि नेपाल सरकारको योजनाबारे जिज्ञासा राखेका थिए ।
प्रकाशित समय : २१:०५ बजे



















