गृहपृष्ठ म्याङ्लुङ बजार अब सिसि क्यामेरामा कैद
म्याङ्लुङ बजार अब सिसि क्यामेरामा कैद
आपराधिक घटना नियन्त्रणका लागि भन्दै म्याङ्लुङ नगरपालिकाले तेह्रथुम सदरमुकाम म्याङ्लुङ बजारमा सिसि क्यामेरा जडान गरेको छ । म्याङ्लुङ बजारमा हुने आपराधिक घटनाको न्यूनीकरणका लागि सुरक्षालाई मध्यनजर गरी सिसि क्यामेरा जडान गरिएको हो ।
आपराधिक क्रियाकलाप नियन्त्रणका लागि बजारमा सिसि क्यामेरा जडान गरिएको म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले जानकारी दिए । नगरपालिकाको ६ लाख रुपैयाँको लगानीमा बजारका मुख्य चोक र बसपार्कमा १० वटा सिसी क्यामेरा जडान गरिएकोे छ । म्याङ्लुङमा बैंक तथा वित्तीय संस्था खुल्ने क्रम बढ्दै गएपछि सुरक्षा संयन्त्र पनि चनाखो बन्दै गएको छ ।
प्रकाशित समय : २०:०३ बजे



















