काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

म्याङ्लुङ बजार अब सिसि क्यामेरामा कैद

28.22K
shares

 

आपराधिक घटना नियन्त्रणका लागि भन्दै म्याङ्लुङ नगरपालिकाले तेह्रथुम सदरमुकाम म्याङ्लुङ बजारमा सिसि क्यामेरा जडान गरेको छ । म्याङ्लुङ बजारमा हुने आपराधिक घटनाको न्यूनीकरणका लागि सुरक्षालाई मध्यनजर गरी सिसि क्यामेरा जडान गरिएको हो ।

आपराधिक क्रियाकलाप नियन्त्रणका लागि बजारमा सिसि क्यामेरा जडान गरिएको म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले जानकारी दिए । नगरपालिकाको ६ लाख रुपैयाँको लगानीमा बजारका मुख्य चोक र बसपार्कमा १० वटा सिसी क्यामेरा जडान गरिएकोे छ । म्याङ्लुङमा बैंक तथा वित्तीय संस्था खुल्ने क्रम बढ्दै गएपछि सुरक्षा संयन्त्र पनि चनाखो बन्दै गएको छ ।