global ime bank Long Banner Ad

गृहपृष्ठ वाणिज्य बैंकले कर्जाको ब्याजदर घटाउन मानेनन्

वाणिज्य बैंकले कर्जाको ब्याजदर घटाउन मानेनन्

वाणिज्य बैंकले कर्जाको ब्याजदर घटाउन मानेनन्

 

वाणिज्य बैंकहरुले तत्काल कर्जाको व्याजदर घटाउन नसकिने बताएका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले तत्काल कर्जाको व्याजदर घटाउन नसकिने बताएका हुन् । बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै ऋणको ब्याज दर घटाउन दबाब दिएको छ । राष्ट्र बैंकले निक्षेपमा दिने र ऋणमा लिने कर्जाको ब्याज दर अन्तर पाँच प्रतशितबाट साढे चार प्रतिशतमा झार्न निर्देशन दिएको थियो । तर, वाणिज्य बैंकहरुले त्यसो गर्न नमानेका हुन् ।

अध्यक्ष ढुंगानाले कर्जाको तत्काल ब्याजदर २ प्रतिशत घटाउन बैंकसँग पर्याप्त लगानी नभएको तर्क गरे । उनले असोजबाट भने कर्जाको व्याजदर घटाउन सकिने बताए । विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष ढुंगानाले बैंकहरुले लगानीलाई आकर्षण गर्न पनि तत्काल कर्जाको ब्याजदर घटाउन नमिल्ने स्पष्ट पारे ।

अध्यक्ष ढुंगानाले बैंकको आन्तरिक खर्च ८० प्रतिशतसम्म वृद्धि भएको बताए । ‘त्यसैले पनि कर्जाको व्याजदर तत्काल घटाउन सकिने अवस्था छैन ।’ देशका विभिन्न भागमा शाखा कार्यालयहरु स्थापना गर्दा बैंकको आन्तरिक खर्च बढ्न गएको उनको भनाइ छ ।

ब्याजदर निर्धारण गर्न राष्ट्र बैंकहरूले बैंकहरूलाई छाडिदिएको छ । अझै बैंकहरूले ११ प्रतिशतको सीमा नतोकिदिएको भए १५, १६ प्रतिशतसम्म पुग्थ्यो । ब्याजदर धेरै हुनु अर्थतन्त्रका लागि राम्रो मानिँदैन । ब्याजदर घटाउने सवालमा अझै बजार तयार नभएको ढुंगानाको भनाइ छ ।

पछिल्लो समय बैंकमा निक्षेप वृद्धि हुन थालेको छ । ब्याजदर घट्न खोजिरहेको छ । बैंकहरुका बेस रेट (आधार मूल्य) कम छ । बेस रेट घटेपछि ऋणको ब्याजदर घट्ने हो । ‘बैंकहरूमा अझै कम्फर्टटेबल स्थिति भइसकेको छैन,’ उनले भने, ‘यसका लागि समय लाग्छ ।’

प्रकाशित समय : २१:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु