global ime bank Long Banner Ad

गृहपृष्ठ बंगलादेशी दूतावासमा फोटो पत्रकारहरुको प्रदर्शन (फाेटाे फिचर)

बंगलादेशी दूतावासमा फोटो पत्रकारहरुको प्रदर्शन (फाेटाे फिचर)

बंगलादेशी दूतावासमा फोटो पत्रकारहरुको प्रदर्शन (फाेटाे फिचर)

 

नेपालका फोटो पत्रकारहरुले बंगलादेश सरकारले वरिष्ठ फोटो पत्रकार शाहिदुल आलमलाई पक्राउ गरेको विरोधमा काठमाडौंस्थित बंगदालेशी दूताबासअघि प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले गरिरहेको सरकारविरोधी प्रदर्शनका सम्बन्धमा आफ्नो धारणा राखेका पत्रकार आलमलाई बंगलादेश सरकारले पक्राउ गरेको थियो ।

बिहिबार प्रदर्शनका लागि काठमाडौंको बसुन्धरास्थित बंगलादेशी दूतावास पुगेका फोटो पत्रकारहरुले आलमलाई निशर्त रिहा गर्न माग गरेका थिए । उनीहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ज्ञारेन्टी गर्नसमेत माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

 

फोटो पत्रकार क्लब, राष्ट्रिय फोटो पत्रकार महासंघ, फोटो सर्कललगायतले ज्ञापन पत्र बुझाएका हुन् । ‘सामाजिक सञ्जालमा तस्वीर पोष्ट गरेको र अन्तर्वार्ता दिएकै कारण पत्रकारलाई गिरफ्तार गर्नु प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिको प्रहार हो’ भन्दै उनीहरुले प्रेस स्वतन्त्रताको सम्मान गर्न बंगलादेश सरकारलाई आग्रह गरे । फोटो पत्रकारहरुले प्रेस स्वतन्त्रताविरोधी सबै खालका क्रियाकलाप बन्द गर्न आग्रहसमेत गरेका छन् ।

साहिदुल आलम सधैँ सत्य, न्याय,समानता र स्वतन्त्रताका लागी उभिने मानिस भएको बताउदै फोटो सर्कलकी नयनतारा गुरुङकक्षतिले बंगलादेश सरकारले उनलाई अविलम्ब निर्शत रिहाई गर्नुपर्ने बताइन् । ‘सहिदुल फोटोपत्रकार मात्र नभई सामाजिक न्यायका लागि लड्ने एक मानव अधिकारकर्मी पनि हुन्,’ उनले भनिन्, ‘उनलाई कुनै पनि बहानामा प्रकाउ गर्ने कार्य निन्दनीय रहेको ठहर हामीले गरेका छौं ।’

 

साहिदुल आलमको गिरफ्तारीलाई अहिले दक्षिण एशियामा बढ्दै गएको विरोधीलाई सहन नसक्ने प्रवृत्तिको एउटा पाटोको रुपमा नेपाली फोटोपत्रकार तथा पत्रकारहरुले मूल्यांकन गरेका छन् । बंगलादेशी सरकारलाई आलम बंगलादेश बाहिर पनि एक सशक्त व्यक्तित्व भएको र उनको अवस्थाप्रति नेपाली फोटोपत्रकार तथा पत्रकारहरु चिन्तित भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित समय : २१:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु