गृहपृष्ठ नेपाली यु–२३ फुटबल टिमले आज दोस्रो अभ्यास खेल खेल्दै
नेपाली यु–२३ फुटबल टिमले आज दोस्रो अभ्यास खेल खेल्दै
नेपाली यु–२३ टिमले थाइल्यान्डको यु–२३ फुटबल टिमसँग दोस्रो अभ्यास खेल खेल्दै छ । १८औं एसियाली खेलकुद प्रतियोगिताको तयारीमा रहेको नेपाली टोलीले अभ्यास खेल आज साँझ खेल्न लागेको हो । आज नेपाल जितको लक्ष्य सहित मैदानमा उत्रदै छ ।
यसअघि नेपाल पहिलो अभ्यास खेलमा स्थानीय क्लब पुलिस टेरो क्लबसँग १–० गोलले पराजित भएको थियो । एसियन प्रतियोगिताको तयारीका लागि नेपाल थाइल्यान्ड पुगेको हो । नेपाल थाइल्यान्डबाट इन्डोनेसिया जाने छ । एसियन प्रतियोगिता अगष्ट १४ देखि सेप्टेम्बर १ सम्म हुँदै छ ।
प्रकाशित समय : १४:५३ बजे



















