गृहपृष्ठ धनुषामा लुटेराले चलाए गोली, एक जना घाइते

धनुषामा लुटेराले चलाए गोली, एक जना घाइते

धनुषामा लुटेराले चलाए गोली, एक जना घाइते

धनुषामा लुटेरको समूहले गोली चलाउँदा एक जना घाइते भएका छन् । गएराति मिथिला नगरपालिका ८ जम्मुनिवासका पुष्पलाल श्रेष्ठ लुटेराको गोली लागेर घाइते भएका हुन् । उनको जनकपुर अञ्चल अस्पातलमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौं ल्याइदै छ ।

लुटेराले श्रेष्ठको घरबाट ६ तोला सुन, १५ तोला चाँदी र २ लाख नगद लुटेर लगेका छन् । लुटेरको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १५:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु