काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बेलका नगरबासीलाई खुसीको खबर, ल्याण्डलाइन टेलिफोन सेवा सुरु

15.83K
shares

उदयपुरको पूर्व सीमानामा रहेको बेलका नगरपालिकाकाे रामपुरमा ल्याण्डलाइन टेलिफोन सेवा सुरु भएको छ । नेपाल टेलिकम उदयपुरले रामपुर बजारमा सेवा विस्तार गरेको हो । एडिएसएलसहितको ल्याण्डलाइन सेवामार्फत स्थानीयले सहज रुपमा सेवा लिन पाउने टेलिकमले जनाएको छ ।

टेलिफोन सेवा विस्तारले रामपुर बजार र त्यस आसपासका स्थानीयलाई भरपर्दो र प्रभावकारी सूचना तथा सञ्चार प्रवाहमा टेवा पुग्ने बेलका ९ का वडा अध्यक्ष मोहन घिमिरले बताए । टेलिकमले जडान शुल्क २१ सय ५० मा सेवा दिएको वडा अध्यक्ष घिमिरेले बताए । रामपुर बजार र आसपासमा गरी आइतबार २६ वटा लाइन वितरण गरिएको छ ।

१२७ वटा लाइन विस्तार गर्ने योजना रहेको दूरसञ्चार कार्यालय उदयपुरले जनाएको छ । पावरप्वाइन्टको कभरेज क्यापसिटी रामपुरबाट पूर्व कमलाबारी र पश्चिम मूर्तिखोलासम्ममात्रै रहेकाले हाललाई रामपुरमामात्रै उक्त सेवा विस्तार गरिएको कार्यालयको भनाइ छ ।