गृहपृष्ठ बेलका नगरबासीलाई खुसीको खबर, ल्याण्डलाइन टेलिफोन सेवा सुरु
बेलका नगरबासीलाई खुसीको खबर, ल्याण्डलाइन टेलिफोन सेवा सुरु
उदयपुरको पूर्व सीमानामा रहेको बेलका नगरपालिकाकाे रामपुरमा ल्याण्डलाइन टेलिफोन सेवा सुरु भएको छ । नेपाल टेलिकम उदयपुरले रामपुर बजारमा सेवा विस्तार गरेको हो । एडिएसएलसहितको ल्याण्डलाइन सेवामार्फत स्थानीयले सहज रुपमा सेवा लिन पाउने टेलिकमले जनाएको छ ।
टेलिफोन सेवा विस्तारले रामपुर बजार र त्यस आसपासका स्थानीयलाई भरपर्दो र प्रभावकारी सूचना तथा सञ्चार प्रवाहमा टेवा पुग्ने बेलका ९ का वडा अध्यक्ष मोहन घिमिरले बताए । टेलिकमले जडान शुल्क २१ सय ५० मा सेवा दिएको वडा अध्यक्ष घिमिरेले बताए । रामपुर बजार र आसपासमा गरी आइतबार २६ वटा लाइन वितरण गरिएको छ ।
१२७ वटा लाइन विस्तार गर्ने योजना रहेको दूरसञ्चार कार्यालय उदयपुरले जनाएको छ । पावरप्वाइन्टको कभरेज क्यापसिटी रामपुरबाट पूर्व कमलाबारी र पश्चिम मूर्तिखोलासम्ममात्रै रहेकाले हाललाई रामपुरमामात्रै उक्त सेवा विस्तार गरिएको कार्यालयको भनाइ छ ।
प्रकाशित समय : २३:५५ बजे



















