गृहपृष्ठ गण्डकी प्रदेशले गर्याे क्रिकेटर केसीलार्इ सम्मान
गण्डकी प्रदेशले गर्याे क्रिकेटर केसीलार्इ सम्मान
गण्डकी प्रदेशबाट राष्ट्रिय क्रिकेट टिमका युवा खेलाडी करण केसी नगद एक लाख सहित सम्मानित भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले केसीलाई आइतबार पोखरामा एक समारोहबीच सम्मान गरेको हो ।
राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको भन्दै गण्डकी प्रदेशले केसीलाई नगद एक लाख सहित दोसल्ला, प्रशंसापत्र तथा फूलमालाले सम्मान गरेको हो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन लगायतले केसीलाई सम्मान गरेका हुन् ।
प्रकाशित समय : २३:५४ बजे



















