विद्यार्थी र अभिभावक दुवैको साथ ‘रोल नं १’लाई मिलेको निर्माता विनोद पौडेलले बताए । सिनेमाले नेपाली शैक्षिक प्रणाली र यसको मूल्यांकन विधिमा उठाएको प्रश्नप्रति अभिभावक र विद्यार्थी दुवै कन्भिन्स भएको निर्माता पौडेलको भनाइ छ ।
चलचित्रलाई दर्शकले मन पराएकाले वर्ड अफ माउथ पनि राम्रो रहेको उनको भनाइ छ । पछिल्लो समय यो चलचित्र स्कुलले पूरै शो नै बुकिङ गरेर हेरिरहेका छन् । स्कुलले शो नै बुकिङ गरेर हेरिरहेको भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा बाक्लै देखिरहेको छ । विद्यार्थीहरू सिनेमा हेर्न गएपछि सिनेमाले पाएका शो हाउसफूल भइरहेको निर्माणपक्षले जनाएको छ ।
यसरी सिनेमा हेर्ने दर्शक आएपछि अझै लामो समय ‘रोल नं १’ जानेमा निर्माण टिम ढुक्क छ । सिनेमा हेर्ने दर्शकले विद्यार्थी, शिक्षक र अभिभावक सबैले हेर्नै पर्ने चलचित्र भनेर तारिफ गरिरहेका छन् । यो चलचित्रले हालसम्म नेपाली बक्सअफिसमा एक करोडभन्दा माथि ग्रसकलेक्सन गरिसकेको छ ।



















