global ime bank Long Banner Ad

गृहपृष्ठ प्रकाण्डका छोरा नरेन्द्रबहादुरद्वारा सर्वाेच्चमा रिट

प्रकाण्डका छोरा नरेन्द्रबहादुरद्वारा सर्वाेच्चमा रिट

प्रकाण्डका छोरा नरेन्द्रबहादुरद्वारा सर्वाेच्चमा रिट

 

प्रहरीले पक्राउ गरी थुनामा राखेका पूर्वमन्त्री तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वाेच्चमा रिट दायर भएको छ । विश्वकर्माका छोरा नरेन्द्रबहादुर सिंह विश्वकर्माले आफ्ना बाबुलाई गैर कानुनी रुपमा थुनामा राखिएको दावीसहित सर्वाेच्चमा रिट दायर गरेका हुन् ।

पार्टी कामको सिलसिलामा हेटौंडा गएका विश्वकर्मालाई काठमाडौं फर्कदै गर्दा प्रहरीले टौदहबाट नियन्त्रणमा लिएको थियो । चन्दा असुलीको आरोपमा पक्राउ परेका विश्वकर्मालाई जिल्ला अदालत काठमाडौंले पहिलो पटक ५ दिन र दोस्रोपटक ३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिइसकेको छ ।

नरेन्द्रबहादुरले आफ्ना बाबु, हरिशचन्द्र आचार्य र मनबहादुर श्रेष्ठलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै सर्वाेच्चमा बन्दी प्रतक्षीकरणको रिट दायर गरेका हुन् ।

उनले गृह मन्त्रालय, गृहमन्त्री रामबहादुर थापा बादल, काठमाडौं जिल्ला अदालत, प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी परिसर काठमाडौंलाई विपक्षी बनाई रिट दायर गरेका छन् ।

विकले रिटमा विना पूर्व जानकारी, विना पूर्जी पक्राउ गरी राजनीतिक आस्थाका अधारमा चन्दा सम्बन्धी झुट्टा मुद्दा लगाइएको रिटमा उल्लेख गरेका छन् । उनले मुद्दा लगाउनुपर्ने पर्याप्त आधार र कारण नभएकाले रिहाई गर्न माग गरेका छन् ।

प्रकाशित समय : ००:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु