काठमाडौं । राष्ट्रियसभा बैठक आज (बिहीबार) बस्दै छ । बैठक आज दिउँसो १ः१५ बजे बस्ने भएको हो ।
आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरुको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।
यसैगरी, अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने छन् ।
यस्तै, बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।



















