global ime bank Long Banner Ad

गृहपृष्ठ सुनचाँदीको मूल्य आज पनि घट्यो

सुनचाँदीको मूल्य आज पनि घट्यो

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा पाँच हजार १०० र चाँदी ९० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८६ हजार ७०० कायम भएको छ । एक तोला चाँदीको मूल्य चार हजार ६५० निर्धारण भएको छ ।

हिजो एक तोला सुन दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको चाँदी चार हजार ७४० मा कारोबार भएको थियो ।

गत मङ्गलबार एक तोला सुन तीन लाख एक हजार ९०० र चाँदी रु चार हजार ९२५ मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १०० र त्यति नै परिमाणको सेतो धातु ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित समय : ११:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु