global ime bank Long Banner Ad

गृहपृष्ठ बर्षे अधिवेशनभित्रै प्रदेश १ को नाम र राजधानी टुंगिन्छ : कानुनमन्त्री

बर्षे अधिवेशनभित्रै प्रदेश १ को नाम र राजधानी टुंगिन्छ : कानुनमन्त्री

बर्षे अधिवेशनभित्रै प्रदेश १ को नाम र राजधानी टुंगिन्छ : कानुनमन्त्री

 

एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले छिट्टै सरकार विस्तार गरिने बताएका छन् । प्रदेशसभा बैठकको शुन्य समयमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

उनले वर्षे अधिवेशन भित्रै प्रदेशको नाम, राजधानी र सरकार विस्तारको काम टुङ्गो लगाउने बताए । धेरै वटा मन्त्रालयलाइ गाभेर एउट मन्त्रालय बनाइएको र काम गर्न असहज भएको भन्दै उनले संविधान, जनचाहना र आवश्यकताका आधारमा मन्त्री मण्डल विस्तार गरिने जानकारी दिए ।

प्रदेश सरकारका प्रवक्ता समेत रहेका उनले विस्तार हुने मन्त्रीमण्डलमा महिलाको सहभागिता सुनिश्चित गरिने पनि जानकारी दिए । साथै प्रदेश भित्रका सबै सरकारी निकायले प्रदेश सरकारको निर्णय र कानुन मान्नु पर्ने बताउँदै उनले प्रदेश सरकारले गरेको निर्णय कार्यान्वयन गर्न संघीय सरकारलाई सोधिरहनु नपर्ने उल्लेख गरे ।

प्रकाशित समय : ०१:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु