global ime bank Long Banner Ad

गृहपृष्ठ विराटनगर महानगरमा बम विष्फोट गराएको आशंकामा ९ जना पक्राउ

विराटनगर महानगरमा बम विष्फोट गराएको आशंकामा ९ जना पक्राउ

विराटनगर महानगरमा बम विष्फोट गराएको आशंकामा ९ जना पक्राउ

विराटनगर महानगरपालिकामा प्रेसर कुकर बम विष्फोट भएको प्रहरीले आशंका गरेको छ । आइतबार दिउँसो महानगरपालिका प्रमुख भीम पराजुलीको कार्यकक्ष नजिकै २ बजे सो विष्फोट भएको हो ।

विष्फोट लगत्तै प्रहरीले सुरक्षाकार्यमा कडाइ अपनाएको छ । घटनाबारे मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बम विष्फोटको जिम्मा कसैले पनि नलिएको र सुक्ष्म ढंगबाट घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् ।

एसपी केसीले घटनामा जोडिएको आशंकामा ९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान र सोधपुछ गर्ने काम भइरहेको बताएका छन् । हाल उनीहरुको नाम र ठेगाना भने गोप्य राखिएको छ ।

पक्राउ परेकाहरुको राजनैतिक आवद्धता र विगतका पृष्ठभूमिका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले हाल सिसी टिभी फुटेज हेरेर पनि घटनाका बारेमा पत्ता लगाउने प्रयास गरिरहेको जनाएको छ ।
विष्फोटबाट नगरपालिकाको झ्यालका सिसा फुटेका छन् । विष्फोटसँगै मेयर पराजुलीले प्रयोग गर्दै आएको को.१.झ ४९४ नम्बरको गाडीमा क्षति पुगेको छ । विष्फोटपछि धुवाँको मुस्लो छुट्दा कार्यालयका कर्मचारी र सेवाग्राहीबीच भागदौड मच्चिएको थियो ।

विष्फोटको आवाजले कार्यालय सहयोगी शिवचन्द्र ठाकुर बेहोस भएको प्रहरीले जनाएको छ । ठाकुरको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भएको छ । यसैबीच, मेयर पराजुलीले महानगरपालिका जनताको कार्यालय भएका कारण बम विष्फोट हुने कुरामा कुनै आशंका गर्न नसकिएको बताए ।

प्रहरीले महानगरपालिका कार्यालयमा सिल गरेर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ । घटनास्थलमा प्रहरीका तालिम प्राप्त कुकुर सहितको अपराध अनुसन्धानमा विशेष दखल राख्ने प्रहरी टोली परिचालन गरेर घटनाको अनुसन्धान सुरु गरिएको बताइएको छ ।

सशस्त्र र नेपाली सेनाको टोली पनि परिचालित छ । विष्फोटपछि जिल्ला सुरक्षा समिति मोरङको बैठक बसेर विराटनगरको सुरक्षा व्यवस्था कडा पार्ने निर्णय पनि गरेको छ । महानगरपालिकाका एक कर्मचारीका अनुसार केही दिन अघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टीले पत्र पठाएरै चन्दा माग गरेको थियो ।

 

तस्बिर : न्युज काराेबार

प्रकाशित समय : ०२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु