global ime bank Long Banner Ad

गृहपृष्ठ कल्पनाको तीज गीत ‘हे आमा’ सार्वजनिक

कल्पनाको तीज गीत ‘हे आमा’ सार्वजनिक

कल्पनाको तीज गीत ‘हे आमा’ सार्वजनिक

 

हिन्दू नारीहरुको महान चाड तीज नजिकिएसँगै तीज गीतका भिडियो सार्वजनिक हुने क्रम पनि बढ्दो छ । व्यवसायिक कलाकार, नयाँ आउने कलाकार तथा अरु क्षेत्रका व्यक्तिलेसमेत चर्चाको लागि गीत निकाल्दै आएको यो समयमा गीतकार तथा सञ्चारकर्मी कल्पना रेग्मीले पनि गीत सार्वजनिक गरेकी छिन् ।

गीत लेखनमा स्थापित कल्पनाको शब्दमा तीज गीत ‘हे आमा’ सार्वजनिक भएको छ । हुम गैरेको लय, लक्ष्मी पाठकको स्वर एवं शान्ता परियार, पवित्रा सतुङ्गे र पार्वती बिसीको कोरस रहेको गीत शैली क्रियशनको युट्युब च्यानल मार्फत् सार्वजनिक भएको हो ।

हुम गैरेको निर्देशनमा बनेको भिडियोलाई वसन्त महर्जनले खिचेका हुन् । भिडियोमा गीतकार रेग्मी र साथीहरुको अभिनय देख्न सकिन्छ । गीतकार कल्पना रेग्मीको यसअघि ‘कान्छी आइन’, ‘म पनि नाच्नी हो’, ‘बसौँला काखैमा’ जस्ता गीत बजारमा चर्चित छन् ।

प्रकाशित समय : ०१:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु