गृहपृष्ठ प्रकाण्डलाई थप तीन दिन हिरासतमा राख्न अदालतको आदेश
प्रकाण्डलाई थप तीन दिन हिरासतमा राख्न अदालतको आदेश
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ’प्रकाण्ड’ लाई काठमाडौं जिल्ला अदालतले थप ३ दिन हिरासतमा राख्न आदेश दिएको छ । जब्बरजस्ती चन्दा संकलन गरेको अभियोगमा पक्राउ परेका प्रकाण्डमाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले थप ३ दिन हिरासतमै राख्न आदेश दिएको हो ।
आइतबार अदालत पु-याइएका उनलाई थप अनुसन्धानका लागि १५ दिनको म्याद थप गर्न प्रहरीले माग गरेको थियो । यसअघि प्रहरीले प्रवक्ता प्रकाण्डको अनुसन्धान गर्न अदालतबाट ५ दिनको समय लिएको थियो ।
गत श्रावण २२ गते साँझ पार्टी कामको शिलाशिलामा हेटौंडाबाट काठमाडौं आउने क्रममा प्रवक्ता प्रकाण्ड २ जना सहयोगीसहित काठमाडौंको टौदहबाट पक्राउ परेका हुन् । प्रकाण्डले उद्योगी व्यवसायीहरुबाट करिब ७ करोड चन्दा असुली गरेको दाबीसहित प्रहरीले चन्दा ऐन अन्तरगत मुद्दा चलाएको छ ।
प्रकाशित समय : ०१:२८ बजे



















