काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इटलीमा पुल भत्किँदा २६ जनाको मृत्यु

14.64K
shares

इटलीमा मोटरेबल पुल भत्किँदा २६ जनाको मृत्यु भएको छ । इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोअमा रहेको पुल भत्किँदा २६ जनाको मृत्यु भएको हो ।

मङ्गलबारे भत्किएको उक्त पुलमा परि १५ जना गम्भीर घाइते भएका छन् । १२ जना भन्दा धेरै मानिस हराइरहेका छन् । इटलीका गृह मन्त्री म्यातियो साल्भिनीले हराइरहेकाहरुको खोजी भइरहेको बताए ।

आँधी आएका बेला परेको चट्याङ लागेर ४५ मिटर अग्लो पुल भत्किएको बताइएको छ । पुल भत्किँदा ३० भन्दा बढी गाडीमा क्षति पुगेको दि न्युयोर्क टाइम्सले जनाएको छ । ४८ मिटर उचाइमा रहेको उक्त पुलसँगै रहेको तीन वटा कार र तीन वटा ट्रक खसेका छन् ।

पुलको २ सय मिटर भाग भत्किएको छ । सन् १९६० मा निर्माण भएको उक्त पुलको २ वर्षअघि मात्रै मर्मत गरिएको थियो ।