काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

तेहरानका लागि जासुसी गरेको अभियोगमा दुई इरानी पुरुष लन्डनको अदालतबाट दोषी ठहर

294
shares

लन्डनस्थित फारसी भाषाको सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको जासुसी गरेको अभियोगमा दुई इरानी पुरुषलाई बिहीबार बेलायतको अदालतले दोषी ठहर गरेको छ ।

दक्षिण लन्डनस्थित ‘वुलविच क्राउन कोर्ट’ का जुरीले ४१ वर्षीय मुस्तफा सेपाहभान्ड र ४६ वर्षीय फरहाद जाभादी मानेशलाई इरानी सरकारका लागि काम गरेको तथा विदेशी गुप्तचर निकायलाई सहयोग पु¥याएको अभियोगमा दोषी ठहर गरेका हो ।

यस मुद्दाका तेस्रा प्रतिवादी ५७ वर्षीय शापुर कालेहाली खानी नुरीलाई भने उहाँमाथि लगाइएका सबै अभियोगबाट सफाइ दिइएको छ ।

बेलायतको सरकारी अभियोजन निकाय ‘क्राउन प्रोसेक्युसन सर्भिस’ (सीपीएस) को विशेष अपराध तथा आतङ्कवादविरोधी विभागका प्रमुख अभियोजक फ्रान्क फर्गुसनले उक्त कार्य इरानी शासनको आलोचना गर्ने व्यक्तिहरूको जासुसी गर्ने योजनाबद्ध प्रयास भएको बताए ।

उहाँका अनुसार, इरानमा गुप्तचर सूचना पठाएबापत ती दुई व्यक्तिलाई पुरस्कार दिने आश्वासन दिइएको थियो । सेपाहभान्ड निगरानीमा मात्र सीमित नभई आफ्ना निसानामा परेका व्यक्तिहरूमाथि गम्भीर हिंसात्मक आक्रमण गर्नसमेत तयार रहेको अभियोजक फर्गुसनले बताए ।

उनीहरूले निसाना बनाएका व्यक्तिहरूमा ‘इरान इन्टरनेसनल’ का पत्रकार मोतजाबा पोरमोहसेन र काम्बिज होसेनी तथा ‘युके लयर्स फर इजरायल’ का संस्थापक सदस्य जोनाथन टर्नर रहेका थिए । इरान सरकारले ‘इरान इन्टरनेसनल’ लाई प्रतिबन्ध लगाएको छ ।

अभियोजन पक्षका अनुसार, प्रतिवादीहरूले आफ्ना निसानामा परेका व्यक्तिहरूसँग सम्बन्धित स्थानमा पुगेर तस्बिर तथा भिडियो खिच्ने र उनीहरूबारे अनलाइन अनुसन्धान गर्ने गरेका थिए । यसका लागि उनीहरूले च्याटजीपीटी लगायतका डिजिटल प्लेटफर्मसमेत प्रयोग गरेको आरोप लगाइएको थियो ।

अभियोजक फर्गुसनले कुनै पनि आक्रमण हुनुअघि नै प्रतिवादीहरूलाई नियन्त्रणमा लिन सकिएकामा राहत व्यक्त गरे ।