काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रधानमन्त्रीसँग रास्वपा सांसदको छलफल

1.24K
shares

ai logo सारांश

  • प्रधानमन्त्री वालेन्द्र शाहसँग चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले भेट गरेका छन।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सांसदहरुले चीन भ्रमणबारे प्रधानमन्त्री शाहसँग छलफल गरेका हुन ।
  • रास्वपाका संसदीय दलका सदस्य तथा पार्टी नेता यही कात्तिक २९ गते १० दिनका लागि चीन भ्रमणमा जाँदै छन।

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले भेट गरेका छन।

सिंंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सांसदहरुले चीन भ्रमणबारे प्रधानमन्त्री शाहसँग छलफल गरेका हुन ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री शाहले आफूहरुलाई दुई देशको सम्बन्धलाई प्रगाढ बढाउने विषयमा निर्देशन दिएको बताउए ।

उनले भने, “प्रधानमन्त्रीज्यूसँग छलफल भएको छ, उहाँले भ्रमणका क्रममा चीनबाट नेपालले लिनसक्ने लाभका विषयमा काम गर्न निर्देशन दिनुभएको छ, चीनबाट नेपालले प्रविधि, व्यापार, पर्यटन तथा कृषिको आधुनिकीकरणका क्षेत्रमा लिन सक्छ । भ्रमण घुमघाम मात्रै नहोस्, नेपालको हितलाई प्रगाढ बनाउने विषयमा काम गर्नुस् ।”

रास्वपाका संसदीय दलका सदस्य तथा पार्टी नेता यही कात्तिक २९ गते १० दिनका लागि चीन भ्रमणमा जाँदै छन।