काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

देशभरका नदीहरुमा पानीको बहाव उच्च, सतर्कता अपनाउन अपिल

13.21K
shares

उपत्यका सहित देशभरका नदीहरुमा पानीको बहाव बढेको छ । लगातारको वर्षाका कारण नदीहरुमा पानीको सहत बढेको हो । बाढी पूर्वानुमान शाखाका अनुसार कोशी नदी चतरामा जलसतहले सतर्कता तह पार गरेको र खतरा तह पनि पार गर्ने सम्भावना रहेको छ सुनसरी र सप्तरीका नदीतटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले सर्तकता अपनाउन शाखाले अपिल गरेको छ ।
त्यस्तै, सिन्धुपाल्चोकको बाह्रविसमा पहिरो गएको छ । शाखाले सो क्षेत्रमा रहेको खोला नाला क्षेत्रमा जोखिम रहेकाले सतर्कता अपनाउन भनेको छ ।

त्यस्तै,काठमाडौ उपत्याकाका नदीमा पनि पानीको सहत उच्च भएको छ । बागमती, विष्णुमती, धोविखोला, रुद्रमती लगायतका नदीमा पानीको सहत बढेको हो । बागमाती नदीमा आएको बाढीले जोरपाटीमा एउटा पुल बगाएको छ । काठ्माडौको विभिन्न क्षेत्र डुबानमा परेको छ । काठमाडौको बानेश्वर, कालोपुल, अनामनगर, लगायतका क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ ।

पर्वतको लस्ती खोलामा आएको बाढीका कारण पर्वत लस्तीबजार जोखिममा परेको छ । जलजला गाउँपालिका ७ र ८ को सीमाक्षेत्र लस्तीबजारको जग्गा बाढीले निरन्तर कटान गरिरहेको छ । दुबै वडाका १३१ घर बाढीबाट जोखिममा परेका छन

कालीगण्डकी नदीमा पनि पानीको बहाव उच्च भउको छ । अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालय कालीगण्डकीले बगाएको छ । कालीगण्डकीले आफ्नो धार नै परिवर्तन गरेको छ । महाकाली नदीमा पनि पानीको बहाव उच्च भएको छ । नदी तटीय क्षेत्रमा जमिन कटान गर्न थालेपछि स्थानीय त्रसित भएका छन् ।