global ime bank Long Banner Ad

गृहपृष्ठ वीरेन्द्रनगर नगरपालिकाको चुनौती : फोहोर व्यवस्थापन

वीरेन्द्रनगर नगरपालिकाको चुनौती : फोहोर व्यवस्थापन

वीरेन्द्रनगर नगरपालिकाको चुनौती : फोहोर व्यवस्थापन

 

वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशमै सम्भावना बोकेको नगरपालिका हो । तर, कर्णाली प्रदेशको राजधानी रहेको यो नगरपालिकाका लागि चुनौती पनि कम छैन । नगरपालिकाभित्र उत्पादित फोहोरको व्यवस्थापन नगरपालिकाको टाउको दुखाइ बनेको छ ।

प्रदेशका अन्य जिल्ला एवं सुर्खेतकै पनि विभिन्न ठाउँबाछट कामका लागिथ वीरेन्द्रनगर आउनेहरुले यहाँको फोहोर देख्दा दिक्क मान्छन् । उनीहरुलाई लाग्छ सरकारले सदरमुकाममा रहेको नगरपालिकाको फोहोर व्यवस्थापन त गर्न सकेको छैन, जनताका दुःख गुनासो कहिले सुन्छ ? हो, वास्तवमै वीरेन्द्रनगर नगरपालिकाका चोक चोकमा जम्मा भएका फोहोरले स्थानीय मात्र होइन आगन्तुकहरु पनि आजित बनेका छन् ।

birendranagar1-newskarobar

वीरेन्द्रनगर बजार क्षेत्रमा जताततै फालिएको फोहारको थुप्रो देख्दा लाग्छ सुर्खेतको सुन्दर नगरी वीेरेन्द्रनगर होइन, फोहोरको राजधानी हो । मुख्य बजारक्षेत्र मंगलगढी चौक तथा आसपासका क्षेत्रका व्यापारीले समेत नालीमा जथाभावी फोहोर फाल्ने गर्छन् । वीरेन्द्रनगरको बजारक्षेत्रमा फोहोर जम्मा हुनुमा सरकारी निकाय त जिम्मेवार छ नै, अव्यवस्थित रुपमा फोहोर फाल्ने अनुत्तरदायी नागरिक एवं व्यापारीसमेत उत्तिकै जिम्मेवार छन् ।

कर्णालीको राजधानी अवस्थित भए पनि केही स्थानमा बाहेक वीरेन्द्रनगरमा न ढल निकास नै छ न त फोहोर व्यवस्थापनको कुनै मापदण्ड नै । जहाँ मन लाग्यो त्यहीँ व्यापारी तथा पैदल यात्रीहरुले फोहोर फाल्दै हिँडेको देख्न सकिन्छ । वीरेन्द्रनगरको मुटु मानीएको मंगलगढी चोकमा त हिँड्न लाएक बाटोसमेत छैन । जताततै फोहोरको थुप्रोमात्रै देख्न सकिन्छ ।

बन्दै गरेको रत्न राजमार्गका कारण पनी साँघुरो मानिने मंगलगढी चोकबाटै राजधानी बाहिरका जिल्ला जानुपर्ने भएकोले त्यहाँ बाहिरबाट आउने पर्यटक तथा यात्रु भेटिन्छन् । तर, पहिलो नजरमै पर्यटकको आँखामा फोहोरको थुप्रो पर्छ । मंगलगढी चोक हुँदै सुर्खेतको प्रख्यात धार्मीक तथा पर्यटकिय स्थल काँकेबिहार जानुपर्ने हुन्छ तर बाटोको छेउछाउको फोहोरको कारण पर्यटकको मन मरेर आउँछ ।

birendranagar4-newskarobar

काँक्रेविहार संरक्षण समितिकी अध्यक्ष तारा राष्कोटी भन्छिन्, ‘वीरेन्द्रनगर बजार क्षेत्रको बाटो तथा फोहोरका कारण काँक्रेबिहारमा पर्यटक आउन मान्दैनन् ।’ वीरेन्द्रनगरको समस्या फोहोर मात्रै होईन बाटो पनि हो । यी मुख्य समस्याका कारण बाहिरबाट आउने पर्यटक र स्थानीय बासीलाईसमेत अप्ठ्यारो भएको छ ।’

उता वीरेन्द्रनगर नगरपालिका-७ की सबिता पौडेल भन्छिन्, ‘वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानी पनि हो । प्रदेशका सबै जिल्लाको बोझ त वीरेन्द्रनगर नगरपालिकालाई छ । तर केही मापदण्ड र फोहोर गर्नेलाई कारबाहीको व्यवस्थापन गरेको भए फोहोर व्यवस्थापन हुने थियो ।’

त्यसो त कर्णाली प्रदेश सरकारको प्रत्येक महिनाको १ र १५ गते नगर सरसफाइ गर्ने निर्णयबमोजिम प्रदेश सरकारका मन्त्रीहरु आफैं बेल्चा र कुचो समाएर सडकमा आउँछन् । तर, नगरबासी भने रमिते बनेर हेर्छन् । वीरेन्द्रनगर नगरपालीकाका प्रमुख तथा उपप्रमुखले भने कुचो समाएको देखिएको छैन ।

विभिन्न संघसंस्थाले समेत वीरेन्द्रनगरलाई सफा र सुन्दर बनाउने अभियान सञ्चालन गरेका छन् । त्यस्तै वीरेन्द्रनगर नगरपालिकालाई सफा र शुन्दर तथा वैज्ञानिक तरिकाले सफा राख्ने उद्देश्यले गो ग्रिन गो क्लिन सुर्खेत अभियान सञ्चालन गरिएको अभियन्ता डा. नवराज केसी बताउँछन् ।

उनी भन्छन्, ‘वीरेन्द्रनगरको बढ्दो जनसंङ्ख्या र मानीसका खराब आचरणका कारण जताततै फोहोर र दुर्गन्ध फैलिकएको छ । यसलाई वैज्ञानिक तरिकाले सफा र सुन्दर राख्नका लागि अभियान सञ्चालन गरेका हाैं । यसमा विभिन्न संघ-संस्थाले सहयोग गरेको उनको भनाइ छ ।’ उनका अनुसार यो अभियान निरन्तर रुपमा अगाडि बढ्नेछ ।

उता, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले वीरेन्द्रनगर नगरपालिकाले नगरकै वडा नम्बर १ को तारेभिरमा ल्यान्डफिल साइट बनाएर फोहोर व्यवस्थापनको लागि लागेको बताउँछन् ।

उनी भन्छन्, ‘हामीलाई राजधानीको केन्द्र भएको नाताले धेरै बोझ छ । तर पनि फोहोर व्यवस्थापनमा लागिरहेका छौं ।’ वर्षाको कारण ल्यान्डफिल साइटमा हिलो भएकाले फोहोर नउठाएको नगरका प्रमुख सुवेदी स्वीकार्छन् ।

उनी थप्छन्, ‘वीरेन्द्रनगर नगरपालिकाभित्र जति पनि सरसफाइका कार्यक्रम भएका छन् ती सबै नगरकै समन्वयमा भएका छन् । हामीले फोहोर व्यवस्थापनका लागि कामै नगरेको होइन, काम गरेकै छौं ।’

प्रकाशित समय : १९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु