global ime bank Long Banner Ad

गृहपृष्ठ लुम्बिनी जनरल इन्स्योरेन्स र मेडिसिटी अस्पतालबीच नगदरहित सेवा सम्झौता

लुम्बिनी जनरल इन्स्योरेन्स र मेडिसिटी अस्पतालबीच नगदरहित सेवा सम्झौता

लुम्बिनी जनरल इन्स्योरेन्स र मेडिसिटी अस्पतालबीच नगदरहित सेवा सम्झौता

 

लुम्बिनी जनरल इन्स्योरेन्सका ग्राहक तथा सेवाग्राहीले नेपाल मेडिसिटीमा नगदरहित सेवा पाउने भएका छन् । सो सम्बन्धी सम्झौतापत्रमा मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नुरप्रकाश प्रधानले हस्ताक्षर गरेका छन् ।

मेडिसिटीका महाप्रबन्धक विजय रिमालले लुम्बिनी जनरल इन्स्योरेन्समा आबद्ध व्यक्तिलाई स्वास्थ्य बिमाका माध्यमबाट क्यासलेस सेवा उपलब्ध गराइने जानकारी दिए । स्वास्थ्य बिमाका माध्यमबाट नागरिकलाई सुलभ स्वास्थ्य उपचार सेवा प्राप्त हुने र स्वास्थ्य सबैको पहुँचमा पुग्ने भएकाले स्वास्थ्य बिमालाई अस्पतालले विशेष जोड दिएको उनको भनाइ छ ।

इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रधानले अस्पतालको सेवाबाट आफू प्रभावित भएको बताए । स्वास्थ्य सेवामा सबै नेपालीलाई समेट्न मेडिसिटीले विभिन्न वित्तीय संस्था, स्वास्थ्य संस्था, सामाजिक संस्थालगायतसँग सहकार्य गर्दै आएको छ ।

प्रकाशित समय : १९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु