global ime bank Long Banner Ad

गृहपृष्ठ श्रृंगार पौराणिक कालमा पनि थियो : कृष्णप्रसाद सिटौला

श्रृंगार पौराणिक कालमा पनि थियो : कृष्णप्रसाद सिटौला

श्रृंगार पौराणिक कालमा पनि थियो : कृष्णप्रसाद सिटौला

 

भगवती हर्बल होम्स एण्ड स्किन केयर सेन्टरले शनिबार एक दिने सेमिनार सम्पन्न गरेको छ । ब्युटिसियनलाई सम्मान गर्ने र ब्युटिपार्लसलाई महिलाहरुको प्रमुख रोजाई र पेशाको रुपमा विकास गर्न प्रोत्साहन गर्ने उदेश्यले एक दिने सिमिनार गरेको भगवती हर्बलको संचालिका भगवती फुयालले जनकारी दिइन् ।

कार्यक्रमको प्रमुख अतिथी तथा नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले सौन्र्दय सृङ्गारको कुरा अहिले मात्र नभइ बैदिक काल र ऋशि मुनीहरुको समयमा पनि भएको भन्दै यो पेशालाई व्यवसायिक र मर्यदित बनाउन सबै लाग्नुपर्ने बताए । सिटौलाले पार्लरलाई व्यासायिक र मर्यादित बनाउन आफू र आफ्नो पार्टीको तर्फबाट सबै किसिमको सहयोग हुने उल्लेख गरे ।

‘पार्लरको क्षेत्रमा काम गर्ने महिलालाई सरकारले बेवास्ता गरेको छ, हामीले व्यावसाय गरेबापत सरकारलाई कर तिरेका छौं’ सौन्र्दयविद्, सीता पाठकले महिलाहरु नपढेको, नजानेको, पीडित महिलाहरुले यो व्यावसाय गर्ने गरेको भन्ने सोच भएकोले सरकारले आफ्नो कर्तव्य भुलेको बताइन् ।

कार्यक्रमा विभिन्न विधाका फेसियलको प्रयोगको बारेमा प्रयोगात्मक परीक्षण देखाइएको थियो भने ब्युटिसियन महिलाहरुलाई सम्मान तथा प्रमाण पत्र वितरण गरिएको थियो ।

प्रकाशित समय : १९:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु