काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भारततर्फ निकासा भईरहेको सामान तथा चौपाया बरामद

11.55K
shares

झापा जिल्लाको बिभिन्न स्थानबाट आइतबार राति नेपालबाट भारततर्फ निकासा भईरहेको ठूलो परिमाणको सामान तथा चौपाया प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ चोरी पैठारी गरी लैजाँदै गरेको ४ सय किलो मरिच, ३ बोरा चुरोट र १ बोरा कस्मेटिकका सामानसहित अन्दाजी ४ लाख १० हजार मूल्य बराबरको सामान बरामद गरेको हो ।

सामान सहित समान ओसार पसारमा संग्लग्न झापा मेचीनगर नगरपालिका–६ का ५० वर्षिय कृष्णकुमार राईलाईसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी मेचीनगर नगरपालिका–७ स्थित नकलबन्दाबाट गएराति नेपालबाट भारततर्फ लैजाँदै गरेको अन्दाजी १ लाख ३० हजार मूल्य बरावरको १७ वटा गोरु बरामद गरिएको छ ।

बरामद गरिएको सामान लगायत चौपायालाई आवश्यक कार्बाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाईएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।