बिमस्टेक राष्ट्रहरूको संयुक्त सैन्य अभ्यासमा थाइल्याण्ड पनि नजाने
वि.सं.२०७५ भदौ २५ सोमवार १७:१६
shares

बिमस्टेक राष्ट्रहरूको संयुक्त सैन्य अभ्यासमा थाइल्याण्ड पनि नजाने भएको छ । भारतको पुनेमा सोमबारदेखि सुरु हुने सैन्य अभ्यासमा थाइल्याण्ड पनि नजाने भएकोे हो । यसअघि नेपालले पनि सैन्य अभ्यासमा सहभागि नहुने निर्णय गरेको थियो ।
काठमाडौंमा भएको बिमस्टेक शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सैन्य अभ्यासका लागि बोलाएका थिए । सैन्य अभ्यासमा म्यानमार, थाइल्याण्ड, भुटान, बंगलादेश, श्रीलंका र नेपाललाई बोलाइएको थियो ।
सैन्य अभ्यासमा थाइल्याण्ड पनि नजाने भएपछि भारतको कुटनैतिक असफलता भएको टिप्पणी गर्न थालेका छन् ।

























