प्रधानन्यायनधीशमा मिश्रकाे नाम अनुमाेदन
वि.सं.२०७५ भदौ २५ सोमवार १८:२९
shares

सर्वाेच्च अदालतकाे प्रधानन्यायाधीशमा अाेमप्रकाश मिश्रकाे नाम अनुमाेदन भएकाे छ । संसदीय सुनुवाइ समितिले मिश्रलार्इ सर्वाेच्चकाे प्रधानन्यायाधीश बनाउने संवैधानिक परिषद्काे सिफारिसलार्इ सर्वसम्मत रूपले अनुमाेदन गरेकाे हाे ।
यसअघि संवैधानिक परिषद्ले सर्वाेच्च अदालतकाे प्रधानन्यायाधीशमा दीपकराज जाेशीलार्इ सिफारिस गरेकाे थियाे । तर, संसदीय सुनुवाइ विशेष समितिले जाेशीलार्इ प्रधानन्यायाधीश बनाउने प्रस्ताव दुर्इ तिहार्इ मतले अस्वीकार गरिदिएकाे थियाे ।
जाेशी अस्वीकृत भएपछि प्रधानन्यायाधीश नियुक्तिकाे नयाँ प्रकृया सुरू भएकाे थियाे । साेही अनुरूप संवैधानिक परिषदले मिश्रलार्इ प्रधानन्यायाधीश बनाउने सिफारिस सुनुवाइ समितिमा पठाएकाे थियाे । यसरी प्रस्तावित मिश्रलाइ समितिकाे साेमबारकाे बैठकले अनुमाेदन गरेकाे हाे ।
अब मिश्रले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गाेपनीयताकाे सपथ खानेछन् । त्यसलगत्तै सर्वाेच्चकाे प्रधानन्यायाधीशकाे पदभार सम्हाल्ने छन् । सर्वाेच्चकाे प्रधानन्यायाधीशमा सर्वाेच्चकै वरिष्ठतम न्यायाधीशमध्येबाट संवैधानिक परिषद्ले सिफारिस गर्ने, त्यसरी भएकाे सिफारिसका सन्दर्भमा सुनुवाइ समितले संसदीय सुनुवाइ गर्ने र दुर्इ तिहार्इ बहुमतले अस्वीकृत नभएमा स्वीकृत हुने संवैधानिक व्यवस्था छ । साथै संसदीय सुनुवाइ समितिले अनुमाेदन गरेमा राष्ट्रपतिसमक्ष पद तथा गाेपनीयताकाे सपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

























