गृहपृष्ठ वासिंटनमा संगठित हुँदै एसियन समुदाय
वासिंटनमा संगठित हुँदै एसियन समुदाय
अमेरिकाको राजधानी वासिंगटन डिसी मेट्रो क्षेत्रमा बसोबास गर्ने एसियन समुदायबीच समाजिक र सांस्कृतिक एकीकरणको प्रयास सुरु भएको छ । एसियनहरुको सांस्कृतिक सो आयोजना गर्दै ग्लोबल इकोनोमिक फाउन्डेसनले उक्त जानकारी दिएको हो ।
एसियाका १६ भन्दा बढी राष्ट्रका समुदायबीच आप्रवासन, शिक्षा, संस्कृति आदि विषयमा सहकार्य गर्न ग्लोबल इकोनोमिक फाउन्डेसन गठन भएको संस्थाका अध्यक्ष इन्दिरा कुमारले जानकारी दिइन् । ‘एसियन आप्रवासीबीच कैयन् साझा मुद्दा भए पनि संगठिन हुन नसक्दा अमेरिकी सपना पूरा गर्न कठिनाइ भएकाले फाउन्डेसन गठन गरिएको हो,’ उनले भनिन् ।
कार्यक्रममा एसियाका पाँच राष्ट्र नेपाल, भारत, थाइल्यान्ड, जापान र कोरियाको सांस्कृतिक प्रस्तुति गरिएको थियो । ‘एसियन आप्रवासीको उत्थान र विकासमा समर्पित हुने संस्थाको काम सराहनीह छ, यो नयाँ प्रयास सार्थक बनोस्,’ अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीले भने । कार्यक्रममा एसियाका नेपाल, भारत, थाइल्यान्ड, जापान, कोरिया, श्रीलंका, पाकिस्तान, बंगलादेश, मंगोलियालगायतका १६ राष्ट्रर्को सहभागिता थियो ।
प्रकाशित समय : २२:२४ बजे



















