आर्थिक अभावकै कारण लिलाको ज्यान जोखिममा
वि.सं.२०७५ साउन ३१ बिहीवार ००:२५
shares

सर्पले टोकेर वीर अस्पतालमा भर्ना भएका दुधौली नगरपालिका–१२ जिनाखु सिन्धुलीका लिला कुमारी तामाङले आर्थिक अभावका कारण उपचार पाउन सकेकी छैनन् । सर्पले टोकेपछि तामाङलाई उपचारको लागि उनकी आमाले वीर अस्पताल ल्याएकी थिईन् ।
तामाङ पाँच दिनदेखि उपचार नपाएर वीर अस्पतालमा छटपटाइरहेकी छन् । पोष्ट अपरेटिप वार्ड ११ नम्बर बेडमा उनी भर्ना भएकी छन् ।
नेपाल स्वयं सेवक संघ नेपालका अध्यक्ष सन्तोष निरौलाले लिलाको दायाँ खुट्टामा हरेउ सर्पले टोकेको र उक्त खुटाको सबै औंला काटिएको बताए । अब पुनः छालाको अप्रेसन गर्न बाँकी छ । अहिलेसम्म ६०–७० हजार रुपैयाँ खर्च भैसकेको लिलाकी आमाले बताइन् । थप अपरेशनका लागि एक लाख रुपैयाँसम्म लाग्ने अस्पतालले बताएकाले उनीहरुले उपचार गर्न नसकेका निरौलाले बताए । आफ्नी छोरीको ज्यान बचाइदिन लिलाकी आमाले सबैसँग आह्वान गरेकी छन् । मेरी छोरीको ज्यान धरापमा छ,’ लिलाकी आमाले भनिन्, ‘९८६९८०९५४३ नम्बरमा फोन गरेर उपचारमा सहयोग गरिदिन सबैसँग आग्रह गर्दछु ।’

























