पुनर्निर्माण प्राधिकरणमा पुनः सुशील ज्ञवाली !
वि.सं.२०७५ साउन ३१ बिहीवार ००:४०
shares

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सुशील ज्ञवालीलाई नियुक्त गर्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् । यसअघि २०७२ सालमा केपी ओली प्रधानमन्त्री हुँदा पनि प्राधिकरणको सीईओमा उनै ज्ञवालीलाई नियुक्त गरिएको थियो ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धन टुटेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका थिए । त्यसबेला ज्ञवालीलाई हटाएर राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष कांग्रेस समर्थित गोविन्दराज पोखरेललाई नियुक्त गरिएको थियो । त्यसपछि पोखरेल नेपाली काग्रेसबाट चुनाव लड्न हिँडेपछि युवराज भुसाल सीईओमा नियुक्त भएका थिए ।
ओली सरकारले पूर्ववर्ती सरकारले गरेको निर्णय उल्ट्याउने क्रममा भुसाललाई हटाइदियो । त्यसयता सो पद रिक्त थियो । नेकपा सचिवालयका एक नेताका अनुसार प्रचण्ड र ओलीबीच ज्ञवालीलाई सीईओ बनाउने सहमति भइसकेको छ ।

























