गृहपृष्ठ साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र माल्दिभ्स भिड्दै

साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र माल्दिभ्स भिड्दै

साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र माल्दिभ्स भिड्दै

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशमा जारी प्रतियोगितामा दिउँसो पौने चार बजे खेल सुरु हुने छ । आयोजक बंगलादेशलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो ।

माल्दिभ्स श्रीलंकासँगको टसबाट सेमिफाइलनमा पुगेको हो । नेपालका प्रशिक्षक बालगोपाल महर्जनले माल्दिभ्सलाई पराजित गर्ने बताएका छन् । नेपाल भन्दा माल्दिभ्स बलियो देखिए पनि नेपालले जित हात पार्ने उनको दाबी छ ।

साफ च्याम्पियनसिपमा नेपाल र माल्दिभ्स ६ पटक भिडेका छन् । जसमा ४ खेलमा माल्दिभ्स विजयी भएको छ भने दुई खेल बराबरी खेलेका छन् ।

प्रकाशित समय : १३:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु