गृहपृष्ठ प्रधानमन्त्री ओलीले दिए तीजको शुभकामना
प्रधानमन्त्री ओलीले दिए तीजको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजले पर्वले सम्पूर्ण महिलालाई एकताबद्ध बनाउन प्रेरणा मिल्ने बताएका छन् ।
तीजको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले बहुसांस्कृतिक, बहुधार्मिक तथा बहुजातीय देशमा मनाइने विभिन्न चाडपर्वले नेपालीलाई एक सूत्रमा बाँध्न सहयोग गर्ने बताएका छन् । तीज पर्वको मौलिकतालाई कायम राख्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन् ।
प्रकाशित समय : १६:५४ बजे


















