हिरो मोटोकर्पको ‘एक्स्ट्रिम २००आर’ मोटरसाइकल नेपाली बजारमा
वि.सं.२०७५ भदौ २७ बुधवार १७:५४
shares

हिरो मोटोकर्पले नयाँ मोटरसाइकल ‘एक्स्ट्रिम २००आर’ नेपाली बजारमा भित्र्याएको छ । नयाँ बाइकको मूल्य २ लाख ८६ हजार ५ सय रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले भारतमा बिक्री सुरु भएलगत्तै नेपालमा ल्याएको हो । यो मोटसाइकल नेपाल जनरल मार्केटिङका सबै डिलरमा उपलब्ध छ ।
‘एक्स्ट्रिम २००आर’मा नयाँ प्रणालीको बीएस आईभी २०० सिसि एयर कुल्ड इन्जिन छ । ८००० आरपिएममा १८.४ पिएसको अधिकतम शक्ति र ६५०० आरपिएमा १७.१ एनएमको अधिकतम टर्क उत्पन्न गर्ने कम्पनीले जनाएको छ । यो बाइकको गति प्रतिघण्टा ११४ किमीसम्म छ ।

























