काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रकाण्डलाई तीन दिन थुनामा राख्न अनुमति

17.35K
shares

 

पूर्वमन्त्री तथा विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । प्रहरीले ७ दिन थुनामा राख्न अनुमति मागेको भए पनि जिल्ला अदालत काभ्रेले उनलाई तीन दिन थुनामा राख्न अनुमति दिएको हो ।

हेटौंडाबाट काठमाडौं आउँदै गर्दा टौदहबाट पक्राउ परेका प्रकाण्डलाई सर्वाेच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमा रिहा गरे लगत्तै अर्काे मु्द्धामा उनलाई प्रहरी पक्राउ गरेको थियो । उनीमाथि काभ्रेको एक क्रसर उद्योगमा आक्रमण गरेको अभियोग लगाइएको छ ।

काभ्रेको नमोबुद्ध–६ स्थित उक्त क्रसर उद्योगमा आक्रमण गरेको अभियोगमा अनुसन्धान गर्न प्रहरीले ७ दिनको समय माग गरे पनि जिल्ला अदालत काभ्रेले ३ दिनको समय दिएको हो । आक्रमणबाट २ स्काभेटर, एउटा जेसीबी, ४ वटा ट्रिपर र एउटा जेनेरेटर जलेका थिए ।