गृहपृष्ठ सेयर बजार १४ अंकले घट्यो

सेयर बजार १४ अंकले घट्यो

सेयर बजार १४ अंकले घट्यो

सेयर बजार परिसूचक (नेप्से) १४ अंकले घटेको छ । बैंक, बिमा, वित्तलगायतका नेप्सेमा सूचीकृत सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक नकारात्मक बनेको हो ।

नेप्से १४.०३ अंकले घटेपछि परिसूचक ११९६.६२ अंकमा झरेको छ । परिसूचकसँगै कारोबार रकम पनि आरोलो लागेको छ । एक सय ६० कम्पनीको कारोबार भएको बजारमा ३२ करोड ५२ लाखको सेयर किनबेच भएको हो ।

घटेको बजारमा पनि खानीखोला हाइड्रोपावर, स्वरोजगार लघुवित्त, ग्रामीण विकास लघुवित्त, एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–१, राष्ट्रिय बिमा कम्पनी (संस्थापक) लगायतको सेयर उकालो लागेको छ । गत साताका सोमबारदेखि बिहीबारसम्ममा बजार ४५ अंकले बढेको थियो ।

प्रकाशित समय : २२:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु