गृहपृष्ठ सरकारविरुद्ध अदालत गएकी कामिनीलाई सर्वाेच्चले अन्तरिम आदेश दिएन
सरकारविरुद्ध अदालत गएकी कामिनीलाई सर्वाेच्चले अन्तरिम आदेश दिएन
आफूलाई पदमुक्त गर्ने सरकारी निर्णयविरुद्ध सर्वाेच्चमा रिट दायर गरेकी नेपाल टेलिकमकी निवर्तमान निर्देशक कामिनी राजभण्डारीका पक्षमा अन्तरिम आदेश दिन सर्वाेच्च अदालतले अस्वीकार गरेको छ ।
राजभण्डारीले आफूलाई पदमुक्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै रिट दायर गरेको भए पनि सर्वाेच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । राजभण्डारी सर्वाेच्चको आदेशविरुद्ध सर्वाेच्च पुगेकी थिइन् । सर्वाेच्चका न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले उनको रिटमाथि सुनुवाई गर्दै यस्तो निर्णय गरेको हो ।
मन्त्रीपरिषद्ले निर्देशक राजभण्डारीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै साउन २९ गते पदमुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रीपरिषदको सोही निर्णय विरुद्ध राजभण्डारी सर्वाेच्च अदालतमा रिट दायर गरेकी थिइन् ।
प्रकाशित समय : २२:२९ बजे


















