global ime bank Long Banner Ad

गृहपृष्ठ अध्यक्षमुखी बन्दै नेकपा : कमिटी प्रणाली झन् कमजोर

अध्यक्षमुखी बन्दै नेकपा : कमिटी प्रणाली झन् कमजोर

अध्यक्षमुखी बन्दै नेकपा : कमिटी प्रणाली झन् कमजोर

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पछिल्लो समय अध्यक्षमुखी बन्दै गएको भन्दै आलोचना सुरु भएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एक भई बनेको नेकपामा अध्यक्षद्वयको जिम्मा महत्वपूर्ण निर्णयहरु आएका छन् । जसका कारण पार्टीकै नेताहरुले ‘कमिटी प्रणाली’ कमजोर भएको टिप्पणी गरेका छन् ।

नेकपामा धेरै निर्णय गर्ने जिम्मा पार्टीका विभिन्न कमिटीले निर्णयनै गरेर अध्यक्षद्वयलाई निर्णयाधिकार दिएको छ । बुधबार र बिहीबार दुई दिनसम्म चलेको नेकपा सचिवालयको पछिल्लो बैठकले पनि निर्णय गर्ने जिम्मा पार्टीका अध्यक्षद्वयलाई दिएको छ ।

बुधबार र बिहीबार दुई दिनसम्म चलेको बैठकले पार्टीको सांगठनिक एकीरणको विषयमा सहमति जुटाउने जिम्मेवारी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।

अचम्म त के भने विवाद प्रचण्ड र ओली (तत्कालीन एमाले र माओवादी केन्द्र)बीचमा नभइ तत्कालीन एमालेकै माधव नेपाल समूह र ओली पक्षबीच देखिएको थियो । तर, सहमति जुटाउने जिम्मा भने अध्यक्षद्वयलाई दिइएको छ । यसले एकातर्फ नेकपाको कमिटी प्रणाली कमजोर हुने र अर्कातर्फ अध्यक्षद्वयले गरेको निर्णय स्वीकार्य नहुन पनि सक्ने सम्भावना रहेको विश्लेषकहरु बताउँछन् ।

गत जेठ ३ गते माथिल्लो तहमा पार्टी एकता भए पनि तल्ला तहको एकता प्रकृयाले पूर्णता पाएको छैन । सोही कार्यका लागि नेकपाले कार्यदलनै बनाएको छ । तर कार्यदलले गरेको सिफारिसमा नेपाल पक्षले तीव्र असन्तुष्टि जनाउँदै आएका छन् । यस्तो अवस्थामा फेरि सहमति जुटाउने जिम्मा सचिवालयले अध्यक्षद्वयलाई दिएको हो ।

बैठकका विषयमा पत्रकारहरुलाई जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा सांगठनिक एकीकरणको विषयमा छलफल भएको र निर्णय गर्ने जिम्मा दुई अध्यक्षलाई दिइएको जानकारी दिए । बुधबार र बिहीबार सचिवालयको बैठक बसेको थियो भने अब शुक्रबार भने अध्यक्षद्वयले मात्र छलफल गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित समय : ०२:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु